लागूऔषध कोरेक्ससहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष १२ गते १४:५२ मा प्रकाशित

काठमाण्डु,१२ पुस– प्रहरीले अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुली गोलन्जोर गाउँपालिका– ७ बाट एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सोमबार राति पक्राउ परेका प्रहरीले बताएको छ ।

सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us