
एजेन्सी– जापानले कोरोना भाइरसको फैलन रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताए । नयाँ प्रतिबन्धहरू डिसेम्बर ३० (शुक्रबार) देखि लागू हुनेछन् ।
चीन र जापानमा कोभिड–१९ संक्रमितको संख्या लगातार बढिरहेको छ । चिनियाँ सञ्चारमाध्यममा आएको रिपोर्ट अनुसार फाइजरले बनाएको कोभिड–१९ को रोकथामको ट्याब्लेट राजधानी बेइजिङका सबै अस्पतालमा उपलब्ध गराइने भएको छ ।