उपत्यकामा एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा

काठमाण्डु टुडे २०७९ पुष १२ गते १३:५२ मा प्रकाशित

काठमाण्डु,१२ पुस– काठमाण्डु उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधनमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बताएको छ ।

जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधनमाथि कारबाही गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us