नक्कली नोट र बाघको हड्डी सहित पाँच जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष १२ गते १३:३२ मा प्रकाशित

धनगढी ,१२ पुस -कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जना पक्राउ परेका छन।

धनगढी उपमहानगरपालिका ४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बतायको छ। नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित साल्ट ट्रेडिङ कर्परेसन अगाडी बाट चुरे गाउँपालिका ६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोट तथा जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिकभित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी सहित अन्य चार जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका ६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका(१) का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका(१) बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us