
काठमाण्डु,१२ पुस– मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी, वीरगञ्ज महानगरपालिका–२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल र भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे रहेका छन ।
वीरगञ्ज महानगरपालिका–८ स्थित पार्कि ङगरी राखेको धोबिनी गाउँपालिका–४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरी लाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको थियो ।