देउवाले बिहीबार बाट मात्र बालुवाटार छाड्ने

काठमाण्डु टुडे २०७९ पुष १२ गते १३:१५ मा प्रकाशित

काठमाण्डु,१२ पुस निवर्तमान प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् सता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ ।

आइतबार एमालेसहितका सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको छ ।

देउवाले बालुवाटार नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै रहेका छन् ।

बूढानीलकण्ठमा रहेको निजी निवासको मर्मत कार्य भइरहेकोले बालुवाटार छाड्न ढिलो भएको भानु देउवाले बताएका बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us