अमेरिकामा चिसोले ५६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १२ गते १२:५२ मा प्रकाशित

एजेन्सी– उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ । चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको बीबीसीले जानकारी दिएको छ । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ ।

त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन । गभर्नर क्याथे हुचेलले भनेकी छन्, ‘बफेलो शहरका लागि यो इतिहासकै विनाशकारी हो । प्रकृतिले आफूसँग भएका सबै कुराले हामीलाई प्रहार गरिरहेकी छन् ।’

सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएका छन् । यद्यपि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेका छन् ।

बीबीसीका अनुसार ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् ।

मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ । बीबीसीका अनुसार हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ ।

क्यानडाको कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिएर दुर्घटना हुँदा चार जनाको मूत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us