महान्यायाधिवक्तामा पोखरेल सिफारिस

काठमाण्डु टुडे २०७९ पुष १२ गते १२:४३ मा प्रकाशित

काठमाण्डु,१२ पुस– प्रधानमन्त्री एवंम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् ।

प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालतको न्यायाधीशमा जाने चर्चा थियो । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा नियुक्त गर्न लागिएको हो । महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us