जनहितमा काम गर्न आफ्ना मन्त्रीहरूलाई ओलीको निर्देशन

काठमाण्डु टुडे २०७९ पुष १२ गते १२:३३ मा प्रकाशित

काठमाण्डु,१२ पुस– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनहितमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

आज (मंगलबार) बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ  ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us