डिएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

काठमाण्डु टुडे २०७९ पुष १२ गते १२:२२ मा प्रकाशित

काठमाण्डु,१२ पुस– इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ ।

उनलाई ‘घुस’बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले १० पुस मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय स्थित डिएसपी क्वाटरमा राखिएको छ ।

उनले बुटवल स्थित टेलिकम कार्यालय अगाडिबाट सुन सहित पक्राउ परेका किसन बिकसँग ‘घुस’ लिएको आरोप छ । उनले किसनको साथबाट बरामद गरेको ३४ तोला २१ लाल सुन फिर्ता गरे बापत नगद र चेक लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us