
रुपन्देही,१२ पुस– रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा हिजो मोटरसाइकल र साइकल ठोक्किंदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा साइकलमा सवार नवलपरासी पश्चिमका ४२ वर्षीय राजेश सुनार र उनकी ८ वषर्ीया छोरी हिमशीतल तथा मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका ४ का ३० वर्षीय इन्द्रमणी ठाकुर रहेका छन् ।
घाइतेहरुलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।