
काठमाण्डु,१२ पुस– बझाङको छविसपाथीभेरा गाउँपालिका–५ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा छबिसपाथीभेरा–५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन ।
सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताएका छन । अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै मूत्यु भएको हो ।
ट्याक्टरमा झोलुंगे पुलका सामान थिए । तर ट्याक्टर उकालो बाटोमा चढ्न नसकी पछाडि सरेर दुर्घटना भएको प्रहरीले बताएको छ ।