
काठमाण्डु,११ पुस– नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) शपथ ग्रहणलगत्तै सिंहदरवारस्थित मन्त्रालय पुगेर मन्त्री लामिछानेले पदभार ग्रहण गरेका छन ।
मन्त्री लामिछाने पदभार ग्रहण कार्यक्रममा उनलाई आफूमाथि लागेको नागरिकता आरोपबारे सोधिएको प्रश्नमा उनले न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने भन्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा कुनै सम्झौता नगर्ने बताएका छन ।