जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष ११ गते १७:४४ मा प्रकाशित

एजेन्सी – जापानको परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार जानकारी दिएका छन । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छ भने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी शहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटर हिमपात परेको छ ।

भारी हिमपातका कारण कारहरू सडकमा अड्किएपछि जापानको मौसमविज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएका छन ।

सरकारी अधिकारीहरुले गत डिसेम्बर १७ देखि अहिलेसम्म हिमपातका कारण १७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us