खैरो हेरोइनसहित दुई जनालाई पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ११ गते १७:३२ मा प्रकाशित

काठमाण्डु,११ पुस– प्रहरीले काठमाण्डुको नागढुंगाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानरगपालिका–१७ घर भएका २४ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय दिनेश चौधरी रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४ ग्राम ५ मिलिग्राम सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले बताएको छ ।

झापाबाट काठमाण्डु आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०१ नम्बरको बसमा चेकजाँच गर्दा उनीहरुको साथमा खैरो हेरोइन भेटिएको थियो । घटनाबारे प्रहरी वृत्त थानकोटमा थप अनुसन्धान भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us