मन्त्रालय भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाण्डु टुडे २०७९ पुष ११ गते १३:३३ मा प्रकाशित

काठमाण्डु,११ पुस– बानेश्वरमा आज मन्त्रालय भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक बसेको छ नवनियुक्त प्रधानमन्त्री एवंम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो ।

आज प्रधानमन्त्री प्रधानमन्त्री अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम रहेको छ । आजै सानो आकारमा मन्त्रिमण्डल गठन हुनेछ। सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका छन।सरकारमा कुन दलबाट कति मन्त्री भन्ने टुंगो गर्न सत्ता गठबन्धनको बैठक बसेको हो।

बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सत्ता गठबन्धनको बैठकमा सहभागी भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us