राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने

काठमाण्डु टुडे २०७९ पुष ११ गते १२:०२ मा प्रकाशित

काठमाण्डु,११ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी जाने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।

तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us