सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

काठमाण्डु टुडे २०७९ पुष ९ गते १३:२७ मा प्रकाशित

एजेन्सी– सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन । संसदले आज शनिबार उनी निर्वाचित भएको घोषणा गरेको हो । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्।

रबुका संसदको २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका थिए । फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टी शुक्रबार राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनेको हो ।

गठबन्धनपछि राबुकाले विजय हासिल गरेका हुन् । यो सँगै फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६ वर्षे शासनको अन्त्य भएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us