विश्वविद्यालयले महिलामाथि प्रतिबन्ध लगाएपछि काबुलमा सरकारविरोधी प्रदर्शन

काठमाण्डु टुडे २०७९ पुष ९ गते १२:२३ मा प्रकाशित

एजेन्सी– विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगानी महिला विरोध उत्रीएका छन । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि “पिंजरामा बन्द चरी “ जस्तो जीवनको निन्दा गरेका छन् ।

देशका ठूला विश्वविद्यालयहरूको घर मानिएको काबुलमा कालो लुगा लगा र बुर्का लगाएका विद्यार्थी भेला भएर एर क्याम्पस बाहिर भेला भएका थिए । गत वर्ष सत्तापलट गरेपछि तालिबानले बुर्कालाई समेत अनिवार्य गरेको छ ।

विश्वविद्यालय प्रतिबन्धको खबरपछि कतिपय विद्यार्थीहरूलाई साथीहरू र परिवारले सान्त्वना दिन सुरु गरेका छन । तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us