सँगै घाँस काट्न गएकी बुहारीमाथि जबर्जस्ती करणी प्रयास, बुहारीद्वारा हत्या

काठमाण्डु टुडे २०७९ पुष ९ गते १०:१५ मा प्रकाशित

झापा, ९ पुस– झापामा जबर्जस्ती करणी प्रयास गरेपछि बुहारीेले हँसिया प्रहार गरी जेठाजुको हत्या गरेकी छन् ।

कन्काई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बाँस्तोलाको भाई बुहारी रनमाया बाँस्तोलाले हतया गरेकी हुन् । प्रहरीले रनमायार्लाइ पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । बयानका क्रममा रनमायाले जेठाजुको हत्या आफूले गरेको स्वीकार गरेकी छन् ।

शिबसताक्षी नगरपालिका–१० टेक्रास्थित कनकाई नदीको पूर्व तटीय क्षेत्रमा बिहीबार बाँस्तोला मृत फेला परेका थिए । मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको जनाएको छ ।

कन्काई बगरमा घाँस काट्न गएका बेला जेठाजुले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको र आफूले हँसियाले हानेर हत्या गरेको रनमायाले बताएको झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । प्रहरीले हत्यामा प्रयोग भएको हँसियासमेत बरामद गरेको छ ।

पाठकका अनुसार रनमायालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us