कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत चयन

काठमाण्डु टुडे २०७९ पुष ८ गते १७:४५ मा प्रकाशित

काठमाण्डु,८ पुस– कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । आज शुक्रबार बसेको प्रदेशसभा सदस्यहरुको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो ।

संसदीय दलको नेतामा दावी गर्दै आएका अर्का नेता राजिवविक्रम शाह दलको नेताबाट पछि हटेका छन् । शाहकै समर्थनमा जीवनबहादुर शाही दलको नेतामा सर्वसम्मत भएको कांग्रेस प्रदेश प्रवक्ता दमन शाहीले बताएका छन ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहका शाही पुनः मुख्यमन्त्रीमा दोहोरिन चाहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us