३३ किलो चरेशसहित ४ जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ८ गते १७:३० मा प्रकाशित

काठमाण्डु,८ पुस– ३३ किलो चरेशसहित प्रहरीले काठमाण्डुबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, चन्द्रागिरी नगरपालिका–२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया सारप ग्याल्तसेन रहेका छन ।

पक्राउ परेकाहरूको साथबाट ३३ किलो लागुऔषध चरेश बरामद गरिएको छ । चन्द्रागिरी स्थित देउराली भञ्ज्याङ घर भएका अल्कबहादुरको साथबाट १० किलो र भारतीय नागरिक सारपको डेराबाट २३ किलो बरामद गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us