
काठमाण्डु,८ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेता सिंहबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो ।
यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलकै निरन्तरतास्वरुप शुक्रबार बिहान नेताहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
बिहीबार बालुवाटारमा भएको छलफलमा सत्ता बाँडफाँटबारे नेताहरुबीच औपचारिक छलफलको सुरुवात भएको थियो ।