
काठमाण्डु,८ पुस– कपिलवस्तुबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका पालिका–१२ मानपुर बस्ने २२ वर्षीय दुर्गाप्रसाद खटिक रहेका छन ।
खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले चेकजाँचको क्रममा खटिकको साथबाट लागु औषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने ४५ ग्राम लागु औषध बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका–१२ हरिगवा स्थित लु ७६ प ३६८३ नम्बरको मोटरसाइकलमा सवार खटिकलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।