
काठमाण्डु,७ पुस– नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताए ।
आज (बिहीवार) प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यसते बताएका हुन । उनले २०६४ साल र २०७२ सालमै आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा अस्वीकार गरेको बताएका छन ।
उनले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको पनि बताएका छन । उनले भने, ‘राष्ट्रपति बन्ने आकाङ्क्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो ।
२०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’
आगामी दिनमा राजनीतिले मागेको आवश्यकतालाई मध्यनजर गरेर पद लिने भन्दै शक्ति बाँडफाँटबारे गठबन्धनमा छलफल नै सुरु भैनसकेको नेता नेपाले बताएका छन ।
‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ’, नेता नेपालले गठबन्धन कायम रहने पनि बताए । उनले भने, ‘यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ ।’