केपी ओली र प्रचण्डबीच संवाद

काठमाण्डु टुडे २०७९ पुष ७ गते १५:३३ मा प्रकाशित

काठमाण्डु,७ पुस– ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले आयोजना गरेको जलपान समारोहमा एमालेका अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै सोफामा देखिएका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि लहरै बसेका थिए । अध्यक्षद्वय ओली र दाहालबीच सौहार्दपूर्ण रुपमा वार्तालाप भएको थियो । यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us