राजनीतिले धेरै विश्वास गुमाइसक्यो: पौडेल

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते १२:२९ मा प्रकाशित

काठमाण्डु,२६ मंसिर– काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् । आज (सोमबार) बुढानिलकण्ठ नगरपालिका–४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाण्डु–५ नवनिर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताएका छन ।

उनल विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने बताएका छन ।

उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरु अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताएका छन ।

उनले यसअघि विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको भन्दै प्रश्नसमेत समेत गरेका छन । उनले करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गरे ।

उनले कतिपय सडकमा विद्युत प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताएका छन ।

‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ । घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहिरह्यो भने राजनीतिसँग कोही जोडिँदैन ।

राजनीतिको ठूलो तहमा पुगेपनि समाजले सम्मान गर्ने स्थिति हुँदैन । स्थानीय तहले नै स्थानीय तहको विकास गर्ने हो । हामी बजेट ल्याउने कुरामा प्रदेश र संघका सांसदहरु लाग्नेछौँ, उनले भने ।’

उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका कामहरु अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने ‘४ नम्बरमा सबै करिडोर बनेको छ, हाम्रो ५ मा करिडोर बनाउन किन रोकिएको मापदण्ड अनुसार बनाउँदै जाऔँ ।

विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको रु करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुन्छ । विकास व्यवस्थित ढंगले अघि बढ्ने परिस्थिति बन्छ ।

तत्काल हामीले करिडोर अघि बढाउन के गर्नुपर्छ, त्यसका लागि हामीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौँ । आवश्यक्ता अनुसार हामी काम गर्नेछौँ ।

विद्युत प्राधिकरणले तार भूमिगत गर्छु भनेर बाटो भत्काएर अलपत्र बनाएको छ, खोनेपानीले पानी ल्याउँदा बाटो नै भत्काएर अलपत्र बनाएको छ, धुलो उडेर जनताले सास्ती पाएका छन् ।

हामीले बिग्रिएका बाटोहरुको मर्मतका लागि लबिङ गर्न जरुरी छ ।’ उनले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताए ।

उनले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लागिपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us