
ताप्लेजुङ,२५ मंसिर– प्रहरीले ताप्लेजुङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका–५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका छन ।
उनले सामान्य घरायसी झै झगडामा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।