बाजुराको प्रदेशसभा २ बाट काँग्रेसका शाही विजयी

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते ८:४४ मा प्रकाशित

बाजुरा, १८ मंसिर– बाजुराको प्रदेशसभा २ बाट काँग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।

२० हजार ११९ मतसहित शाही प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरे । प्रदेशसभा १ मा एकीकृत समाजवादीका नरेशबहादुर शाही यसअघि नै निर्वाचित भइसकेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा भने काँग्रेसका बद्री पाण्डे अगाडि छन् । २६ हजार ९८६ मतसहित पाण्डेले अग्रता जोगाउँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार कर्णबहादुर थापाले २३ हजार २ सय ८ मत पाएका छन् ।

पाण्डे र थापाबीच ३ हजार ७ सय ७८ मतान्तर छ । ४ मंसिरमा सम्पन्न निर्वाचनमा काँग्रेस र एमालेले एकअर्कामाथि बुथ कब्जा गरेको आरोप लगाएपछि रोकिएको मतगणना बिहीबारबाट सुरु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us