काठमाण्डु,१५ मंसिर– सुनसरी–४ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् । बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि फेरि कार्कीले अग्रता लिएका हुन् ।
पछिल्लो गणना अनुसार कार्कीले ३०२१४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार जगदीश कुसियैतले ३०१७३ मत पाएका छन् । अब सो वडाको ५५८ मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । उनहरु बिच ४१ मतआन्तर रहेको छ ।