गठबन्धनको सरकार बनाउनेबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १३:३८ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिन सोमबार बालुवाटारमा छलफल भएको छ ।

नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा छलफल भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले बताए ।

उनले भाने, ‘गठबन्धनका दलहरुको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ,’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us