
काठमाण्डु ,११ मंसिर -गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् ।
आज विहान रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहिरहने बतायका छन। उनले भावि प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने बताए ।
उनले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताउनु भयो ।उनले भने निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ , तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ , तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’