माओवादीका मोदीको ह्याट्रिक

काठमाण्डु टुडे २०७९ मंसिर ९ गते ८:१२ मा प्रकाशित

विराटनगर, ९ मंसिर– नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदी मोरङ–४ बाट प्रतिनिधिसभामा निर्वचित भएका छन् ।

प्रतिस्पर्धी एमालेका विनोद ढकाललाई ६ हजार बढी मतान्तरले पराजित गर्दै मोदी दोश्रोपटक प्रत्यक्ष निर्वाचित भएका हुन ।

०७० मा पहिलोपटक समानुपातिकबाट संविधानसभा सदस्य भएका मोदी ०७४ मा पूर्वअर्थमन्त्रीसमेत रहेका काँग्रेस नेता महेश आचार्यलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । मोदीले ३० हजार ६ सय १२ मत ल्याएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका ढकालले २४ हजार ४ सय ६३ मत पाए । मोदीलाई संसदमा लगातार जनताका सवालमा प्रश्न उठाउने सांसदका रुपमा चिनिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us