गाईसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ असोज १५ गते १०:५२ मा प्रकाशित

रुपन्देही, १५ असोज– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार बुटवल उपमहानगरपालिका ८ का २३ वर्षीय साईमन मल्ल मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको थियो ।बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल शुक्रबार राति पौने ११ बजे सडकमा हिँड्दै गरेको गाईसँग ठोक्किएर दुर्घटना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us