काँग्रेसले प्रतिनिधिसभाका ८६ सिट पाउने (सूचीसहित)

काठमाण्डु टुडे २०७९ असोज १३ गते ९:२५ मा प्रकाशित

काठमाण्डु, १३ असोज– सत्ता गठबन्धनबीचको भागबण्डामा काँग्रेसले प्रतिनिधसभाका ८६ सिट पाउने करिब निश्चित भएको छ ।

सत्ता गठबन्धनको बुधबार राति अबेरसम्म बसेको बैठकले गठबन्धनका पाँच दलबीच सिटबाँडफाँटमा करिब सहमति जुटाएको हो । काँग्रेसले पाँचथर, इलाम–२, झापा १, ३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ–१,२, ३ र ६, सुनसरी–२,३ र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी ३ र ४, सिरहा १ र २ धनुषा– २, ३ र ४ महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४, सिन्धुली–१, रसुवा, धादिङ– २, नुवाकोट–२, काठमाण्डु–१, ३, ४, ५, ६ र १०, भक्तपुर– १ र २, ललितपुर– १, काभ्रे–२ सिन्धुपाल्चोक–२ र मकवानपुर–१ कांग्रेसले पाउने भएको छ ।

यसैगरी चितवन–१ र २, मनाङ, कास्की–१, तनहुँ १ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी–१, पाल्पा–१, अर्घाखाँची, रुपन्देही–३, ४ र ५, कपिलबस्तु–२, ३, दाङ–३ र बाँके– ३ काँग्रेसले पाउने भएको छ ।
यस्तै काँग्रेसले कञ्चनपुर–२ र ३, डडेलधुरा, दार्चुला, कैलाली– १, ४ र ५, अछाम–२, बाजुरा, सुर्खेत– १ र २, दैलेख– २, मुगु, नवलपरासी पश्चिम–२ र बर्दिया– १ पनि काँग्रेसले पाउने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us