इरानमा हिजाबविरोधी प्रदर्शनः कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

काठमाण्डु टुडे २०७९ असोज ११ गते ११:४१ मा प्रकाशित

एजेन्सी – इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्ुमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो ।

आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ ।  तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मृत्यु भएको छ ।

हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसबीच, महिलाहरुले लगातार ११औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । 
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us