दोस्रो विश्वयुद्धमा इस्पात जोगाउने १०० वर्षीया वृद्धालाई मानार्थ उपाधि 

काठमाण्डु टुडे २०७९ असोज १० गते ११:०० मा प्रकाशित

एजेन्सी-  युनाइटेड किंगडमकी एक १०० वर्षीया वृद्धाले दोस्रो विश्वयुद्धमा सम्पूर्ण इस्पात उद्योगलाई पतन हुन जोगाएको कडा परिश्रमको कदरस्वरूप शेफिल्ड विश्वविद्यालयबाट मानार्थ उपाधि प्राप्त गरेकी छिन् ।  दोस्रो विश्वयुद्धको समयमा महिला इस्पात कामदारहरूको योगदानलाई पहिचान सात वर्षको राष्ट्रिय अभियान सुरु गरेको शेफिल्ड विश्वविद्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिले १०० वर्षकी क्याथलिन रोबर्ट्सलाई दोस्रो विश्वयुद्धको समयमा पुरुषहरू लड्न बाहिर निस्किएपछि इस्पाद उद्योगमा काम गर्ने आदेश दिइएको थियो । तर, द्वन्द्व समाप्त भएपछि उनी र उनका सयौं महिला सहकर्मीहरूलाई धन्यवाद नदिई बर्खास्त गरिएको थियो ।

उनले बार्कर्स पुल शेफिल्डमा स्मारक मूर्ति खडा गर्न करिब १ लाख ७० हजार युरो उठाएकी थिइन् । 
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us