
मेक्सिको सिटमा भूकम्पको आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नबित्दै भूकम्प गएको थियो ।
एजेन्सी– मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार मेकिसकोमा ७.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणमा र मेक्सिको सिटीबाट सयौं किलोमिटर पश्चिममा रहेको बताइएको छ ।
मेक्सिको सिटमा भूकम्पको आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नबित्दै भूकम्प गएको थियो ।
भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।