प्रचण्ड र हर्क साम्पाङद्वारा एकअर्काको प्रशंसा

काठमाण्डु टुडे २०७९ साउन ३१ गते २०:५२ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङलाई आफ्नो तपर्फबाट सर्बै प्रकारको सहयोग र समर्थन रहने बताएका छन् ।

मेयर राई उपमेयर अइन्द्रविक्रम बेघालाई साथमै लिएर मंगलवार प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेका थिए । बेघा माओवादीका तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका हुन् ।

भेटमा प्रचण्डले दुवै युवालाई सफलताको शुभकामना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । प्रचण्डले एउटा राई र अर्को लिम्बुको छोरा मिलेर धरानको विकास गरेको हेर्न चाहना आफ्नो रहेको बताए ।

साम्पाङ मेयरमा निर्वाचित भएलगत्तै आफूले लोकतन्त्रको फूलबारीमा फूलेको सुन्दर फूलको संज्ञा दिएको उनले स्मरण गरे । भेटमा साम्पाङले गणतन्त्र, संघीयता र परिवर्तनको नायक भन्दै प्रचण्डको पनि प्रशंसा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us