अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ साउन २८ गते १८:३४ मा प्रकाशित

तनहुँ, २८ साउन–अरिङ्गालको टोकाइबाट तनहुँमा एक युवकको मृत्यु भएको छ ।

अरिङ्गालको टोकाइबाट घाइते म्याग्दे गाउँपालिका–५ छाङपाटनका ३१ वर्षीय टोपबहादुर कुमालको उपचारका क्रममा शनिबार गण्डकी अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार छाङपाटनस्थित सेती नदी किनारमा सिसौको रुखमा रहेको गोलो पोल्ने क्रममा कुमाललाई अरिङ्गालले टोकेको थियो ।
भिमादस्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचारपछि उपचारको लागि उनलाई पोखरा लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us