ईश्वर पोखरेलसँग चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

काठमाण्डु टुडे २०७९ असार १९ गते ७:५७ मा प्रकाशित

काठमाण्डु, १९ असार– रञ्जु दर्शनाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डु क्षेत्र नम्बर–५ बाट उम्मेदवारी घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेकी छन् । ०७४ को स्थानीय निर्वाचनमा काठमाण्डु महानगरपालिकामा मेयरमा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएकी दर्शनाले लोकप्रिय मत पाएकी थिइन् । दर्शनाले आफूले उम्मेदवारी घोषण गर्न पाउँखा खुसी भएको उल्लेख गरिन् ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा विशेकशील साझाका संस्थापक उज्जवल थापा उम्मेदवार थिए । तर, वाम गठबन्धन भएका कारण एमाले उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित भएका थिए । पोखरेल यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दैछन् ।

यसअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषीले काठमाण्डु–५ बाटै उम्मेदवार घोषणा गरिसकेकी छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us