काठमाण्डुमा होस्टलमा कार्यरत काभ्रेकी युवती मृत फेला

काठमाण्डु टुडे २०७९ असार १९ गते ७:२७ मा प्रकाशित

काठमाण्डु, १९ असार– काठमाण्डुको बुद्धनगरमा रहेको केएमसी होस्टलमा कार्यरत युवती मृत फेला परेकी छन् ।

काभ्रेकी २१ वर्षीया रमा रायमाझी गएराति होस्टलमै मृत फेला परेकी हुन् । उनको शव झुण्डिएको अवस्थामा फेल परे पनि हत्या वा आत्मत्या भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

होस्टेलका छात्राहरुले घटनाबारे प्रहरीमा खबर गरेका थिए । काठमाण्डु प्रहरीका प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीले घटनाबारे छानबिन सुरु भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us