कसैको घरझगडाले ऊर्जामन्त्री भुसाललाई तनाब

काठमाण्डु टुडे २०७९ जेठ २९ गते ६:३४ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– गायक नारायण गोपालको कालजयी गीत ‘एउटा मान्छेको मायाले’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा¥यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो ।

विकको अस्वाभाविक कार्यले स्थानीय मात्र होइन, नेपाल विद्युत् प्राधिकरणका अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीदेखि सबै सुरक्षा निकायका अधिकारीलाई तनावमा पा¥यो ।

स्थानीयका अनुसार विकको मानसिक स्वास्थ्य असन्तुलित छ । बिहान उनको घरझगडा भएको थियो । त्यसपछि शनिबार उनीबाट अनौठो हर्कत भयो । दिउँसो ११ बजेतिर उनी ककनी गाउँपालिका–४ मा रहेको बिजुलीको टावरमा चढे । उनको आठ घण्टामा उद्धार भयो । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us