शंखमुलको आवास क्षेत्रमा शवदाह गृह बनाउन रोक

काठमाण्डु टुडे २०७९ जेठ २७ गते ७:५४ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– उच्च अदालत पाटनले ललितपुर–११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न बुधबार महानगरपालिकासँगै मेयर चिरिबाबुमहर्जनलगायतको नाउँमा परमादेश जारी गरेको हो ।

महानगरपालिकाले २०७६ साल श्रावण २३ गते वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह बनाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा २०६७ साल असोज २४ गते त्यस सम्बन्धमा बोलपत्र सूचना प्रकाशित गरेको थियो । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us