लोसपालाई देउवा, ओली र उपेन्द्रको अफरै अफर

काठमाण्डु टुडे २०७९ जेठ २६ गते ७:४० मा प्रकाशित

काठमाण्डु, २६ जेठ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे ।

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले बुधबार सार्वजनिक रूपमै पार्टी एकीकरण गर्न लोसपाका नेताहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि भेटमा ठाकुरलाई सहकार्य र गठबन्धनका लागि आग्रह गरेका थिए । ‘यो भनेको हामीलाई तीनतिरबाट गरिएको अफर हो’, लोसपाका एक नेताले भने, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामी गठबन्धनका पक्षमा छौं ।  त्यसका लागि सबै (काँग्रेस, एमाले र जसपा) सँग कुरा भइरहेको छ ।’

ठाकुरसँगको भेटमा देउवाले सहकार्य गर्न प्रस्ताव राखेको लोसपाका नेता शरतसिंह भण्डारीले बताए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us