अर्थतन्त्र बिग्रेको छैन भनेर सरकारले जनतालाई गुमराहमा राखेको छः प्रदीप ज्ञवाली

काठमाण्डु टुडे २०७९ जेठ १२ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थतन्त्र समस्यामा नरहेको भन्दै सरकारले जनतालाई गुमराहमा राखेको बताएका छन् । उनले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थतन्त्रबारे सरकारले जनतालाई गलत सन्देश प्रवाह गरेको बताएका हुन् ।

‘अर्थतन्त्र बिग्रेको छैन । केही समस्या छैन । त्यसैले हामीले केही गर्नुपर्दैन भनेर सरकारले जनतालाई गुमराहमा राखेको छ,’ उनले भने । यस्तै, युक्रेन संकटका कारण उकालो लागिरहेको इन्धनको मूल्यले देशको अर्थतन्त्रलाई झनै समस्यामा पार्ने उनको भनाइ छ । र,यसको प्रभाव सबैतिर परेकाले यसलाई सम्बोधन गर्न समेत ज्ञवालीले आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us