तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले विजयी

काठमाण्डु टुडे २०७९ जेठ ११ गते १०:१३ मा प्रकाशित

दाङ, ११ जेठ– दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । मतगणना नसकिँदै गन्न बाँकी भन्दा फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका हुन् ।

सो उपमहानगरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी हुँदा खड्का तीन हजार ३६६ मतले अघि छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us