४० वर्ष कटेका सबैको वर्षमा एकपटक निःशुल्क स्वास्थ्य जाँच

काठमाण्डु टुडे २०७९ जेठ १० गते २२:५३ मा प्रकाशित

काठमाण्डु, १० जेठ– सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सविरुद्धको खोप निःशुल्क दिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप तथा स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।

स्थानीय तहका सबै स्वास्थ्य संस्थामा ४० वर्षमाथिका नागरिकको वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण गर्ने सरकारको नीतिमा छ ।
जेष्ठ नागरिकका लागि विशिष्टकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने तथा जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम, नियन्त्रणलाई प्रभावकारी नीति ल्याइने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us