सरकारले घरजग्गा कारोबारलाई नियमन गर्ने

काठमाण्डु टुडे २०७९ जेठ १० गते २२:१७ मा प्रकाशित

काठमाण्डु, १० जेठ– सरकारले घरजग्गा कारोबारलाई नियमन गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबारको व्यवस्था मिलाइने उल्लेख छ ।

नीति तथा कार्यक्रममा घरजग्गा कारोबारका लागि नियमन गर्न छुट्टै संस्था बनाउने योजना सरकारको छ ।

विद्यमान व्यवस्थाअनुसार राजस्वको छली तथा वास्तविक कारोबारको विवरणसमेत थाहा नहुने भएकाले छुट्टै संस्था स्थापना गर्न थालिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us