हटाइयो निर्वाचन आचारसंहिता

काठमाण्डु टुडे २०७९ जेठ १० गते १६:५७ मा प्रकाशित

काठमाण्डु, १० जेठ– स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आजदेखि हटाएको छ।

निर्वाचन सम्पन्न भइ अन्तिम परिणाम आउनेक्रममा रहेको भन्दै आयोगले आचारसंहिता हटाएको जनाएको हो।

‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा २ बमोजिम मिति २०७८र१२र२५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता मिति २०७९र०२र१० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले जारी गरेको सूचनामा भनिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us